Posts

Showing posts from May, 2021

तिमि भन्छौ मलाइ नेपालि हुनुमा गर्व लाग्छ

Image
 तिमिलाइ अङ्ग्रेजि गित मनपर्छ , कुन कलाकारको केके चलिराछ सबै भन्दिन सक्छौ, तर तिमि लोकगित सुन्दैनौ, गाउने त झन चिन्दै चिन्दैनौ , अनि तिमि भन्छौ नेपालि हुनुमा मलाइ गर्व छ ।। तिमिलाइ पिज्जाको रेसिपि थाछ , केएफसिको मिलमा मज्जा लाग्छ , तिमि मकै पनि पपकर्नको नाममा खान्छौ , गुन्द्रुक र भटमास तिम्रो ब्रेकफास्टमा कहिल्यै पर्दैन , अनि तिमि भन्छौ नेपालि हुनुमा मलाइ गर्व लाग्छ ।। तिम्लाइ घुम्न थाइल्याण्ड र दुबै मनपर्छ , बुर्जखालिफा र ताजमहलमा तिमि सेल्फि हान्न चाहान्छौ , तिम्रो धरहरा र रानिमहल तिम्लाइ वास्तै लाग्दैन , अनि तिमि भन्छौ मलाइ नेपालि हुनुमा गर्व छ ।। तिम्लाइ शुद्द नेपालि भन्दा अग्रेंजि छाट्न मजा लाग्छ , तिम्लाइ व्याकरण भन्दा ग्रामरको चिन्ता लाग्छ , तिमि आर्यको हिमालि सभ्यता छोडेर , रोम र ग्रीकको इतिहास बिश्वास गर्छौ, तिमि गिता र वेदको उपदेश सुन्दै सुन्दैनौ, अनि तिमि भन्छौ मलाइ नेपालि हुनु गर्व छ ।। तिमि नागरिकता संगै पासपोर्ट बनाउछौ, जसरि हुन्छ बिदेश जान दुतावास धाउछौ, तिम्रो सपनाको संसार डोल्पा , मुगुमा हुदैन, तसर्थ आइएलटिस गर्छौ नभए वर्षेनि डिभि भर्छौ , अनि फेरि तिमि ठुलो ठुलो स्...