तिमि भन्छौ मलाइ नेपालि हुनुमा गर्व लाग्छ
तिमिलाइ अङ्ग्रेजि गित मनपर्छ ,
कुन कलाकारको केके चलिराछ सबै भन्दिन सक्छौ,
तर तिमि लोकगित सुन्दैनौ,
गाउने त झन चिन्दै चिन्दैनौ ,
अनि तिमि भन्छौ नेपालि हुनुमा मलाइ गर्व छ ।।
तिमिलाइ पिज्जाको रेसिपि थाछ ,
केएफसिको मिलमा मज्जा लाग्छ ,
तिमि मकै पनि पपकर्नको नाममा खान्छौ ,
गुन्द्रुक र भटमास तिम्रो ब्रेकफास्टमा कहिल्यै पर्दैन ,
अनि तिमि भन्छौ नेपालि हुनुमा मलाइ गर्व लाग्छ ।।
तिम्लाइ घुम्न थाइल्याण्ड र दुबै मनपर्छ ,
बुर्जखालिफा र ताजमहलमा तिमि सेल्फि हान्न चाहान्छौ ,
तिम्रो धरहरा र रानिमहल तिम्लाइ वास्तै लाग्दैन ,
अनि तिमि भन्छौ मलाइ नेपालि हुनुमा गर्व छ ।।
तिम्लाइ शुद्द नेपालि भन्दा अग्रेंजि छाट्न मजा लाग्छ ,
तिम्लाइ व्याकरण भन्दा ग्रामरको चिन्ता लाग्छ ,
तिमि आर्यको हिमालि सभ्यता छोडेर ,
रोम र ग्रीकको इतिहास बिश्वास गर्छौ,
तिमि गिता र वेदको उपदेश सुन्दै सुन्दैनौ,
अनि तिमि भन्छौ मलाइ नेपालि हुनु गर्व छ ।।
तिमि नागरिकता संगै पासपोर्ट बनाउछौ,
जसरि हुन्छ बिदेश जान दुतावास धाउछौ,
तिम्रो सपनाको संसार डोल्पा , मुगुमा हुदैन,
तसर्थ आइएलटिस गर्छौ नभए वर्षेनि डिभि भर्छौ ,
अनि फेरि तिमि ठुलो ठुलो स्वरमा भन्छौ ,
मलाइ नेपालि हुनुमा गर्व छ ।।
तिमिले अझै
अग्लो हिमालको बेस क्याम्प टेकेका छैनौ,
बुद्दको पाइला देखेका छैनौ ,
पाखाबारिमा निधार , डोको र नाम्लो बिचको संघर्ष भोगेकै छैनौ ,
हलो र माटो बिचको सम्बन्ध बुझेकै छैनौ,
हसिया र हातको माया,
भारि र चौपारिको छाया महशुस गरेकै छैनौ ,
तिमि केवल
यि सारा सार नबुझि
नभोगि
मात्र
तिम्रो बंशको परिचय भरिएको
नागरिकता देखाएर आफुलाइ नेपालि भन्छौ
बस तिमिभित्र नेपालि हुनुको यहि कागज बाहेक
अर्को प्रमाण छदै छैन
त्यसैले तिमि यहि खोस्टोलाइ देखाएर भन्छौ
मलाइ नेपालि हुनुमा गर्व लाग्छ ।।🙏

Comments
Post a Comment