सपना
#सपना
हिजो म निदाउनै सकिन
सपना देख्नै पाइन
किन थाहा छ ?
भबिष्यको सपना देखेर
सानोमा कति सजिलै आमाको काखमा
निदाउथे म
कति मज्जाले सपनाभित्र हराउथे म
आजकल सपनाहरुभित्र हराउन पनि सपना देख्नुपर्छ ।
जनताको देश बनेको सपना
आमाको छोरासँगै बसेर खाना खादै गरेको सपना
बेरोजगारको रोजगारिको सपना
गरिबको धनि बनेको सपना
दुःखिको सुखि भएको सपना
यि सपना सपनामै सिमित छन
मैले यस्तै सपना सोच्दा सोच्दै हिजो सपना देख्नै बिर्सेछु ।
अस्ति मेरो सपनामा एउटा छोरो बिदेसमा मारियो
यता आमाको गला सुक्यो
आफै मर्ने बेलामा अन्तिम पटक मुहार हेर्ने
इच्छा पुरा नहुदै सकियो
अलि अस्तिको सपनामा त्यहि छोरो देशमा रोजगार नपाएर
बिदेशमा पैसाको रुख हुन्छ त्यहि टिप्छु भनेर सपना देखेर गएको थियो
मलाई सपना देख्न पनि डर लाग्छ
कुन सपनामा भुकम्प पिडितको पालमा पानि चुहिन्छ
कुन सपनामा निमुखाको सम्पन्न बन्ने इच्छा तुहिन्छ
कुन सपनामा मेरा परेलिका डिलबाट भएको बर्षाले सिरानि भिज्छ
कुन सपना आफ्नो बन्छ , कुन बिरानि बन्छ ।
म छुट्टाउन सक्दिन
छुट्टाउन खोजे भने पनि हरेक पटक गलत हुन्छु
ठिक त्यसरि नै
जसरि हिजो तिम्लाई आफ्नो बनाउने गलत सपना देखेको थिए ।
खेत जोत्दै गर्दा
माइला दाई
हलोको फालिले बनाएका हरेक सियोहरुलाई आफ्नो बनाउने सपना देखेका थिए
तर बिडम्बना त्यहि सियो किन्ने पैसा नभएर फाटेका कपडा लगाउँछन
घर बनाउदै गर्दा घने दाई ईट्टाका महल बनाउने सपना देखेका थिए
तर अफसोच आफ्नै खरको झुपडिबाट पानि तपतप चुहिदा ओड्ने छाता पनि किन्न सकेका छैनन ।
र त म आजकल सपना देख्न डराउँछु
कतै मेरा सपना पनि फाट्ने त होइनन
बर्षाको पानिमा चुहिने त छैनन
कतै अधुरो रहे भने
अनि सपनासँगै म अपुरो भए भने ।

Comments
Post a Comment