Posts

Showing posts from December, 2023

कथा : बा

Image
  रात बिस्तारै सकिदैछ , अब सुर्य पनि कर्ममा जानुपर्छ भनेर नित्यकर्ममा निस्कने कोसिसमा छ । जुनले झिसमिसेमै आजको आफ्नो ड्युटी सकिएको घोषणा अगिनै सुर्यलाई पठाइसक्यो । हिजो दिउँसोको बेमौसमीले सशंकित सुर्यले आजको दिनको पहिलो प्रहर आफ्नो ठाउँमा बादललाई पठाएर सुरुवात गर्ने कि भन्ने ठानेसंगै बादलहरु बिहानै आकासका ड्युटीमा खटिएका छन । बादलको स्वागतमा बिजुलीहरु बेला बेला चम्किदै छन ।  म भने अझै बिस्तारामै छु । झ्यालबाट चिसो हावा छिर्दै छ म सिरकलाई शरीर छोपिने गरि सारेर यो मौसमको मजा लिने कोसिस मा छु । सिरक पनि बडो बैमानी छ भन्या शरीर पुरै चिसै छ पैतला तातिसक्यो । हत्तेरिका! पैतला त सिरक बाहिर नै ठिक । घरका मान्छे अगिनै उठेर बाज्नमा उत्रीसके । उफ! यो घरमा शान्ति चाही कहिले हुन्छ ? बिहान उठ्यो सधैंका उस्तै कुरा , भजन गाएर बस्ने उमेरमा सवालजवाफ मात्र चल्छ । एकाबिहानै त नबाज्नु नि हौ , लक्ष्मी आउने बेलामा त भगवानको भक्तिभावमा लिप्त हुनु , कति सम्झाउनु ।  आफ्नो त आज शनिबार मज्जाले सुतम भन्ने हुन्छ । बल्ल तल्ल आउँछ यो एउटा दिन त्यही पनि बिहानै आँखा खुल्दिन्छ ।  यो आखाँलाई पनि किन जा...