Posts

Showing posts from September, 2020

बाको बेसार

Image
बाको   बेसार किसानलाइ   असार   बिहेलाइ   कसार अनि   कोरोनालाइ   बेसार   नभै   हुदै   हुदैन   मज्जाले   तताएर   बेसार   पानी खानुस   कोरोना   नाथेले   छुदै   छुदैन नेपालिको   बानि   पहिलेबाटै पानीमा   बेसार  ,  दालमा   बेसार   तरकालिमा   बेसार  ,  भातमा   बेसार हुदा   हुदै   अहिले   प्रधानमन्त्री   कै   बातमा   बेसार गरिबलाइ   दिने   राहातमा   बेसार   बा   आफै   बेसारे   भैसके   कहिले   के   भन्याछन कहिले   के   बोल्याछन न   जनताको   मान्छन   न   आफ्नैको   सुन्याछन क्वारेन्टिनले   जन्ता   कक्रक्क   भैसके बेसारले   ढलेका   कति   त घिरौलाले   परलोक   गैसके आइसोलेसन   मा   एकैछिन   अध्याधेस   आइसिनु   भो बाको   जोडको   ह्याछ्युले   तर्सेर   होला फेरि  ...

सेतो झुट

Image
 सेतो झुट मलाई झुट बोल्न आउदैन अहँ अहिलेसम्म झुट बोलेकै छैन मान्छेले झुट बोल्न यहिबाट सुरु गर्छन  कसैले मिलाएर झुट बोल्छन कसैले सिलाएर झुट बोल्छन बस यो संसारमा धान भन्दा धेरै झुटको खेति हुन्छ पानि भन्दा बढि झुट बग्छ मेरो सगरमाथा भन्दा अग्लो झुटको शिखर खडा भैसकेको छ तपाई कति राम्रो मान्छे ? आहा कति मिठो आवाज । साँच्चै मिठो कबिता । यी सबै सेता झुट हुन । ति झुटहरुमा स्वार्थ लुकेका हुन्छन या ईष्याहरु मीसिएका हुन्छन । प्रेमि ले प्रेमिलाई भन्ने झुट सन्तानले घरमा गर्ने झुट यि सबै सबै सेता झुट हुन सुन्दा रमाइलो लाग्ने सुनिरहु लाग्ने तर अबास्तबिक झुटका बिभिन्न कला हुन्छन निति र नियम हुन्छन तपाइ झुट कसरि बोल्नुहुन्छ ?? बोल्दा कत्तिको बिश्वास गर्नुहुन्छ ?? जति तपाईले मज्जाले पचाएर ठुला झुट बोल्नुभयो वरिपरि थुप्रै भेला पारेर सेता झुट भन्नुभयो । तपाई त्यति महान हुनुभयो । नेता हुन मन छ झुट बोल्नुहोस शिक्षक बन्नुछ झुटको खेति गर्नुहोस प्रेममा सफल बन्न ,  कसैलाई केहि गफ हान्न , पाइला पाइला चाल्न , हरेक पटक सास फेर्न , जे गर्नुछ , जे बन्नुछ पढाईका प्रमाणपत्र भन्दा योग्यताका आधार भन्दा तपाई...

समय

Image
समय   १ कुनै   समय   थियो   कोहि   नया   मान्छे   अनलाइन   मा   बोल्न   आउदा   अझ   भनौ   आफ्नो   हाइ   को   रिप्लाइ   हेलो फर्काउदै   लब   नै   परे   जस्तो   लाग्थ्यो  ,  रातभर   उसैसग   बोलिराखौ   जस्तो   लग्थ्यो   ।   हिजो   बाट   बोल्न   सुरु गरेको   मान्छे   भोलिपल्ट   अनलाइन   नआउदा   आखा   म्यासेन्जरको   च्याट   बक्समा   उस्कै   नामको   ग्रीन सिग्नल   पर्खेर   बसेका   हुन्थे   ।   हिजोको   आफ्नो   अन्तिममा   पठाएको   अनसिन   म्यासेज   कतै   सिन   भैहाल्यो   कि   जस्तो   लाग्थ्यो  ,  दिनभरको   पर्खाइपछि   साझ   पख   म्यासेन्जरमा   टुङ   आवाज   अनि   उसैको   रिप्लाइ  ,  अब्यक्त   अद्भुत खुशिका   पल   हुने ...

कुलमान घिसिङ : the light man

  सुदिप चापागाईं/कावासोती एक ताका थियो , हामि बत्ती आउने जाने समय गन्दै बस्थ्यौं , आइतबार देखि शनिबार सम्मको लोडसेडिङको तालिका प्रष्ट अक्षरमा भित्तामा टाँगिएको हुन्थ्यो , ‘अमेरिकामा त बत्ति एक मिनेट पनि जादैन अरे ‘ हाम्रो लागि किंवदन्ती जस्तै थियो यस्तो कुरा । बत्ती बिनाको जिन्दगी अध्यारो थियो त्यतिबेला हामिले बत्ती आफ्नो अनुरुप चलाउने होइन हाम्रो जिबन बत्ती अनुसार चल्थ्यो । सोलार कम्पनी, इन्भर्टर कम्पनी अझै मोटाउँदै थिए , भित्रि रुपमा उनिहरु मुलुक अन्धकारमै रहिरहोस भन्ने कामना गर्दथे । यो भन्दा पहिले गोकर्ण विष्ट उर्जा मन्त्री हुदा बिधुत चुहावट नियन्त्रण गरेर ख्याती कमाइसकेका मन्त्री थिए , तर अझै समस्या को पुर्ण समाधान भने भएको थिएन । अब नेपालिहरुको दिनचर्या अन्धकार मै बानि बसिसकेको थियो । गाउँमा टुकि , लालटिन बजारमा मैनबत्ति सामान्य परिवारको अभिन्न अंग जस्तै थिए । त्यतिबेला यसरि लोडसेडिङ र बिजुलिमा टर्निङ प्वाइन्ट आउदैन थियो होला सायद यदि प्रचण्डले ओलिसंगको गठबन्धन तोडेर देउबा तिर‌ नलागेको भए , सायद‌ मुलुक अझै अन्धकारमै रहन्थ्यो कि ? काँग्रेस र तत्कालिन ए नेकपा माओबादि बिचको सहमत...

janga bahadur rana

Image
 जंगबहादुर राणा वा जङ्ग बहादुर कुँवर राणा नेपालका प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज थिए। कोतपर्वको नरसंहार पश्चात शक्तिशाली भएका जङ्गबहादुर राणा भण्डारखाल पर्व पश्चात राजसंस्था भन्दा शक्तिशाली भए। राजा राजेन्द्र शक्तिशाली छँदाछँदै जंगबहादुरले अनेक उथलपुथल गरेर युवराज सुरेन्द्रलाई गद्दी आरोहण गराएर दामोदर पाँडे, भीमसेन थापा, रणजङ पाँडे र माथवरसिंह थापाको नीति सकारी आफू शक्तिशाली भए । वि.सं १९१३ श्रावण १८ मा जंगबहादुरले आफ्नो मुख्तियार पदबाट राजिनामा दिए। सोही श्रावन २४ गते राजा सुरेन्द्रबाट जंगबहादुरलाई कास्की र लमजुङको श्री ३ महाराज पद बकस भयो। त्यसपछि उनी श्री ३ जङ्गब्क्हादुर कुँवर राणाजी भए। जंगबहादुरले श्री ३ महारजको चाँदतोडा सहितको श्रीपेच बनाउन लगाए। नेपालमा जनताका छोराले श्रीपेच लगाउने व्यक्तिमा पहिला जंगबहादुर नै थिए। यिनको पालमा अङ्ग्रेजसँगको लडाईंमा गुमेको मध्ये यिनले अङ्ग्रेजलाई खुसी पारी राप्तीदेखि महाकालीसम्मको तराई हालको बाँके, बर्दीया, कैलाली तथा कञ्चनपुर पुनः नेपालमा फर्काइएको थियो जुनलाई नयाँ मुलुकको नामले समेत चिनिन्छ। नेपालमा राणा शासनको स्थापना गरी १०४ वर्षे ...