बाको बेसार
बाको बेसार
किसानलाइ असार
अनि कोरोनालाइ बेसार
नभै हुदै हुदैन
मज्जाले तताएर बेसार पानी
खानुस कोरोना नाथेले छुदै छुदैन
नेपालिको बानि पहिलेबाटै
पानीमा बेसार , दालमा बेसार
तरकालिमा बेसार , भातमा बेसार
हुदा हुदै अहिले प्रधानमन्त्री कै बातमा बेसार
गरिबलाइ दिने राहातमा बेसार
बा आफै बेसारे भैसके कहिले के भन्याछन
कहिले के बोल्याछन
न जनताको मान्छन न आफ्नैको सुन्याछन
क्वारेन्टिनले जन्ता कक्रक्क भैसके
बेसारले ढलेका कति त
घिरौलाले परलोक गैसके
आइसोलेसन मा
एकैछिन अध्याधेस आइसिनु भो
बाको जोडको ह्याछ्युले तर्सेर होला
फेरि झ्याप्पै गैसिनु भो
एमसिसि फेरिएर नया लुगा लगाएर आउने रे
पहिले बिरोध गर्नेहरुले पनि अब कमिशन पाउने रे
कमिशन पाएपछि किन बोल्नु कराउनु
केहि परिहाले बेसार पानी जिन्दावाद छैन पर्ने डराउनु
टमाटरलाइ पछि पारेर
प्याज धनि लिस्टमा आएथ्यो
त्यस्लाइ हराउदै माक्सले तरकालिको
एकलौटी लाइ हराएथ्यो
अनि फेरि बाको बेसार बाणि आयो
बिचरा माक्सले नि बेसार पानी खायो
बुर्जोले बेसारको बुजो लाउने कोसिस गरेको हो
यो देखेर माक्स खुशि भयो
यो पनि बामदेब जस्तो रैछ
आखिरमा बेसारमै मिल्न गयो
एक चम्चा मेथि , दुइ चम्चा टिमुर र बेसार
अनि तुलसिको पत्ता
यस्लाइ खानुस या भित्तामा झुण्डाउनुस
बिधा कसम ढल्ने छैन सत्ता

Comments
Post a Comment