सेतो झुट

 सेतो झुट


मलाई झुट बोल्न आउदैन

अहँ अहिलेसम्म झुट बोलेकै छैन

मान्छेले झुट बोल्न यहिबाट सुरु गर्छन 

कसैले मिलाएर झुट बोल्छन

कसैले सिलाएर झुट बोल्छन

बस यो संसारमा धान भन्दा धेरै झुटको खेति हुन्छ

पानि भन्दा बढि झुट बग्छ

मेरो सगरमाथा भन्दा अग्लो झुटको शिखर खडा भैसकेको छ

तपाई कति राम्रो मान्छे ?

आहा कति मिठो आवाज ।

साँच्चै मिठो कबिता ।

यी सबै सेता झुट हुन ।

ति झुटहरुमा स्वार्थ लुकेका हुन्छन

या ईष्याहरु मीसिएका हुन्छन ।

प्रेमि ले प्रेमिलाई भन्ने झुट

सन्तानले घरमा गर्ने झुट

यि सबै सबै सेता झुट हुन

सुन्दा रमाइलो लाग्ने

सुनिरहु लाग्ने तर अबास्तबिक


झुटका बिभिन्न कला हुन्छन

निति र नियम हुन्छन

तपाइ झुट कसरि बोल्नुहुन्छ ??

बोल्दा कत्तिको बिश्वास गर्नुहुन्छ ??

जति तपाईले मज्जाले पचाएर

ठुला झुट बोल्नुभयो

वरिपरि थुप्रै भेला पारेर सेता झुट भन्नुभयो ।

तपाई त्यति महान हुनुभयो ।


नेता हुन मन छ झुट बोल्नुहोस

शिक्षक बन्नुछ झुटको खेति गर्नुहोस

प्रेममा सफल बन्न , 

कसैलाई केहि गफ हान्न ,

पाइला पाइला चाल्न ,

हरेक पटक सास फेर्न ,

जे गर्नुछ , जे बन्नुछ

पढाईका प्रमाणपत्र भन्दा

योग्यताका आधार भन्दा

तपाईले झुट पहिले टक्राउन सक्नुपर्छ ।

म यो देशलाई स्वर्ग बनाउँछु

घर घरमा पेट्रोलका कुवा खनाउँछु ,

प्रष्ट बोल्नेहरु सँगै

बोलेको नबुझिनेहरु पनि झुटकै सहारामा त बाचिरहेका छन ।


ए हजुर । झुट बोल्नुस

दाम , नाम , इमान , कमाइन्छ

हरेक कुराको जान्ने सुन्ने भईन्छ

त्यति पाएपछि अरु के चाहिन्छ ?

किनकि यो जमानामा झुट बोल्नेको कुहिएको चामल बिक्छ

नबोल्नेको बासमति चामल पनि बिक्दैन ।


Comments

Popular posts from this blog

समय

कथा : रति ( भाग १)

सपना