janga bahadur rana
जंगबहादुर राणा वा जङ्ग बहादुर कुँवर राणा नेपालका प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज थिए। कोतपर्वको नरसंहार पश्चात शक्तिशाली भएका जङ्गबहादुर राणा भण्डारखाल पर्व पश्चात राजसंस्था भन्दा शक्तिशाली भए। राजा राजेन्द्र शक्तिशाली छँदाछँदै जंगबहादुरले अनेक उथलपुथल गरेर युवराज सुरेन्द्रलाई गद्दी आरोहण गराएर दामोदर पाँडे, भीमसेन थापा, रणजङ पाँडे र माथवरसिंह थापाको नीति सकारी आफू शक्तिशाली भए ।
वि.सं १९१३ श्रावण १८ मा जंगबहादुरले आफ्नो मुख्तियार पदबाट राजिनामा दिए। सोही श्रावन २४ गते राजा सुरेन्द्रबाट जंगबहादुरलाई कास्की र लमजुङको श्री ३ महाराज पद बकस भयो। त्यसपछि उनी श्री ३ जङ्गब्क्हादुर कुँवर राणाजी भए। जंगबहादुरले श्री ३ महारजको चाँदतोडा सहितको श्रीपेच बनाउन लगाए। नेपालमा जनताका छोराले श्रीपेच लगाउने व्यक्तिमा पहिला जंगबहादुर नै थिए।
यिनको पालमा अङ्ग्रेजसँगको लडाईंमा गुमेको मध्ये यिनले अङ्ग्रेजलाई खुसी पारी राप्तीदेखि महाकालीसम्मको तराई हालको बाँके, बर्दीया, कैलाली तथा कञ्चनपुर पुनः नेपालमा फर्काइएको थियो जुनलाई नयाँ मुलुकको नामले समेत चिनिन्छ। नेपालमा राणा शासनको स्थापना गरी १०४ वर्षे पारिवरिक शासनशैलीको सुत्रपात उनीबाटै भयो। बेलायतीहरूका कट्टर भक्त जंगबहादुरले आफ्ना कट्टर विरोधीहरूलाई एकएक गरी मारेर एकतन्त्री शासन चलाए। उनी बेलायत र फ्रान्सबाट फर्केपछि नेपाली कला, संस्कृति, जनजीवन र कानुनमा समेत पश्चिमी प्रभाव परेको थियो।
श्री ३ जङ्गबहादुर हत्यारा, धुर्त, चलाख, स्वार्थी भए पनि एक राजावादी, राष्ट्रवादी देशभक्त थिए। नेपाललाई बलियो स्वतन्त्र राष्ट्र बनाइराख्न ठूलो योगदान गर्न सफल भए। उनको विवेकपूर्ण सन्तुलित किसिमबाट अङ्ग्रेजलाई समर्थन गर्ने कुटनीतिले नै नेपालको अस्तित्व रह्यो। नत्र नेपाल स्वतन्त्र रहन गाह्रो पर्थ्यो।

Comments
Post a Comment