आँप : राजा आउ मुख जगाउ


'' 
राजा आउ देश बचाउ '' आजकल खुब सुनिने  नारा हो यो  गणतन्त्रवादि मलाइ यो सब्दले बिझाउछ नै  तर मान्छेको राजा मन नपरेनि फलफुलको राजा आँप भने खुब मनपर्छ मलाइ  हुन  यो देशमा आँप मन नपर्ने मानिस   कुनै पार्टिको कार्यकर्ता होइन भन्नेमानिस भेट्न मुस्किल नै पर्छ  

आँप फलफुलको राजा कसरि भयो होला ? 

धेरै सताब्दि पहिले जब यो संसारमा मान्छेको उत्पत्ति भएको थिएन थिएन त्यतिबेला फलफुलहरुको राज चल्ने गर्थ्यो  कटहर , लिचि , स्याउ , सुन्तला जस्ता फलफुलहरुले आफ्नो तरिकाले जङ्गल चलाइरहेका थिए  त्यहि बेला एउटा सानो जङ्गलबाट आँपको पुस्ताबसाइँ सरेर त्यो ठुलो जङ्गलमा आएको थियो  हेर्दा हरियो देखिने आँपलाइ जङ्गलमा राख्ने कि नराख्ने भनेर फलफुलहरुबिच ठुलोछलफल  विवाद सुरु भयो  लिचि , सुन्तला , स्याउ लगायत सबै यहि बिषयमा कुरा गर्न अभिभावक कटहरकोमा पुगे  त्यस जङ्गलमाअवस्थित प्रायः  फलफुलहरु आफ्नो यौवनको सुरुवाति अवस्था सम्म हरियो नै हुने हुनाले एउटै रङ्ग भएका धेरै फलफुल प्रजातिजङ्गलमा रहन नहुने  आँप आफ्नो पुरानै ठाउमा फर्किनु पर्ने उनिहरुको माग थियो  जङ्गलमा ठुलो  जेठोबाठो कटहर भएकोले उस्लेहितैसि खरबुजासंग सल्लाह गरेर निर्णय गर्ने वक्तब्य जारि गर्यो  कटहरले अब आफु बुढो भएको  जङ्गल चलाउन कोहि  कोहि रोज्नुपर्ने कुरा राम्रोसंग बुझेको थियो  

कटहर आफ्नो हितैसि खरबुजा को घरमा गयो  अब कसरि समस्या समाधान गर्ने सल्लाह माग्यो  खरबुजाले   कुरोको चुरो राम्रोसँगबुझिसकेको थियो ।उस्ले अब दौडबाट राजा चुन्नुपर्ने प्रस्ताव पेश गर्यो  कटहरलाइ पनि यो कुरा मुनासिब लाग्यो  

जङ्गलमा राजा चुन्नको लागि दौड प्रतियोगिता हुने भयो ।सबै फलफुल एउटा डाडोँमा उपस्थित भए  दौडको दुइओटा नियम थियोएउटा डाडाँबाट जो छिटो तल पुग्नेछ  नै सधैको लागि फलफुलको राजा बन्नेछ  अर्को दौड सकिएपछि भनिनेछ भनेर  दौड सुरु भयो , ढुङ्गाहरुमा ठोक्किदै , काडाँहरुमा च्यातिदै  फलफुलहरु आफुनै राजा बन्ने भनेर ज्यानको बाजि लगाएर दौडिए  जब दौडको अन्तिमबिन्दु आयो संयोगले सबै फलफुल एकैसाथ लाइन क्रश गरे   

दौडबाट राजा छुट्टाउने तरिका सफल भएन तर त्यहिबेला खरबुजा आइपुग्यो  सबैलाइ आफ्नो सन्तान अर्थात बिउ देखाउन अनुओध गर्यो माथिबाट तल झर्दा लगभग सबै फलफुल नाजुक अवस्थामा देखिन्थे उनिहरुको भित्रैसम्म चोट लागेको थियो जस्ले गर्दा उनिहरुकोसिड प्रायः टुक्रा परेको देखिन्थ्यो  यत्तिकै मा आँपले भने आफ्नो दर्हो कोया भित्र लुकाएको बिउ खरबुजालाइ लगेर बुझायो जुन एक्दमैसुरक्षित थियो  यत्ति देखेपछि कटहर आँप छेउ आयो  भन्यो आफ्नो सन्तानलाइ यसरि माया गर्ने फलफुलले भोलि सबै जङ्गललाइ नियसरि माया गर्नेछ  पछि आउने अरुअरु प्राणिको मनमा पनि राज गर्नेछ भनेर राजाको उपाधि थमायो , लाजले निहुरिएक अन्यफलफुलले सहमतिको तालि बजाए  त्यहि चलन सायद पछि बहादुर शाहको पालामा लिगलिगेमा चलेको हुनसक्छ   


यो  आँप कसरि राजा भयो होला किवंदन्तिको कुरा भए  अब आउनुहोस आँपसंगको हाम्रो इतिहासको कुरा गरौ  घरबाट नुनखुर्सानिपिसेर लगेर हाल्फ टिफिनमा तल्लो घरको अन्टिको चोरेको आँप , बाटोमा पर्ने रुखमा ढुङ्गाले हानिहानि झारेको आँप हाम्रो खाजा हुनेगर्थ्यो   हुरि चल्दा बालि बिग्रन्छ कि भनेर हाम्रो बुवाहरु पिर गर्नुहुन्थ्यो , हामि भने अब आँप झर्छ भनेर खुशिले उफ्रन्थ्यौ , जब ठुलो ठुलोआँप हातमा पर्थ्यो राजानै बसे जसरि एकटकले हेरिरहन मन लाग्थ्यो  त्यतिबेलै हाम्रो मनले पनि भोट दिएर भनेको थियो ' यो  राजा होराजा , राजा भएपछि ठुलै हुनपर्छ , राम्रै हुनप र्छ ' तर कहिलेकहीँ टोकेपछि थाहा हुन्थ्यो गतिलो प्रजातिको परेनछ भित्रैसम्म पेट बटर्थ्योहाम्ले थुक्दिहाल्थेम  


आँपको खाने तरिकाले पनि यस्लाइ राजा बनाएको  , जुन अन्य फलफुल भन्दा फरक   

आँपलाइ विभिन्न तरिकाले खान सकिन्छ , आँपको अम्चुर , पकाएको अचार वा थिचेर बनाएको भेत्तल , अहिले तपाइले आफ्नो किचनमागएर हेर्नुहोस  सबैभन्दा धेरै गमक्क परेर हर्लिक्स वा अन्य कुनैको डिब्बामा राजा जसरि के बसेको  ? तर बोटको राजा ल्याएरसिशाभित्र थन्काउन सक्नु मान्छेको खुबि भने हो है  


अब आपँको भविष्य बारे कुरा गरौ  

यो मान्छेको राजा हटे जसरि हटिहाल्ने राजा होइन  यस्को स्वादतन्त्रमा कसैले बिरुद्द बोलेको छैन  कहिलेकाहीँ दाँत कुडाउने आरोपखेपेको भए पनि , यस्ले आफ्नो बालापनको कारणले गर्दा त्यस्तो लागेको भए पनि परिपक्वमा स्वादमा कसैको मन नदुखाएको जिकिरगर्दै आएको   

यस्को स्वभाव पनि एकदमै सरल   ऐशुलु  स्ट्रेवरि जस्तो आँप आफै राजा भएर पनि श्रीपेच लगाउदैन  अरु जस्तै जवानिसम्म हरियो परिपक्वता मा पंहेलो रातो भैदिन्छ  यस्ले फलफुलको पिडा बुझेको  , ठुलो बतासमा झरिदिने अम्बा , आरु , आलुबखडा जस्तैआफै पनि भुइँमा झरिदिन्छ  भन्छ तल झर्नेमा तिमिहरु एक्लो छैनौ है  नत्र यत्रो राजालाइ जाबो बतासले गर्दा तल झर्न केको खाँचो तर राजाहरु कहिलेकाहीँ यस्तै गर्छन आफुलाइ साधारण देखाउनको लागि  

Comments

Popular posts from this blog

समय

कथा : रति ( भाग १)

सपना