महादेवसंग हिमालयको चर्चा
एक सपनिमा महादेवले मलाइ हिमालयन पर्वतमा डाक्नु भयो । मिति र समय जानकारि गराएर भन्नु भयो उपस्थित हुनु । बिस्तारै आखाँ वरिपरि कालो पर्दा छायो । अनि ति पर्दा उग्रीदै गए उज्याँलो तर्फ मानौँ म कुनै रङ्गमन्चमा पर्दा खुलेपछिको उँज्यलो दृश्य देख्दैछु ।
भर्खर म पाताललोकबाट हिमालयमा आइपुगे । चोकमा ठुको साइन बोर्डमा '' हिमालय चोक'' लेखेको पढेपछि थाहा पाए म ठिक ठाउँ मै आएको रहेछु । जताततै हिमाल नै हिमाल , हिउँ नै हिउँ त्यहि हिउँ मा बनेका थिए ठुला ठुला स्वर्ण हिरा मोति जर्णित महलहरु । बायुपन्खि घोडाहरु यात्रु बोकिरहेका देखिन्थे । पुष्पक बिमानमा तपाईंलाइ स्वागत छ भन्दै अप्सराहरु बोलेको सुनिन्थ्यो । अगाडिपट्टि हाम्रो बुर्ज खालिफा भन्दा कैयौँ ठुलो राजभवन थियो । झट्ट हेर्दा आकाशलाइ उधुनेर माथि गए जस्तो , जग बिना हावामा झुण्डिए जस्तो । एक अद्भुत अनि अदितिय महल । जहाँ एउटा कुनाको फेरामा बादलनै ढाकिने गरि लेखिएको थियो '' महादेव निवास ''
म स्वर्ग भन्दा धेरैमाथि आइसकेको रहेछु । त्यहाँबाट तल हेर्दा स्वर्गका भिषण महल ससाना टिनले छाएका छाप्रा जस्ता देखिन्थे । स्वर्ग भन्दा कैयौँ गुणा सुन्दर र सुसजित रहेछ हिमालयन पर्वत ।
मेरो यात्रा महादेव निवास तिर तय गरे ।हेर्दा नजिकै देखिए पनि टाढा नै रहेछ महादेव निवास । एउटा हिउँको डल्लामा लेखिको थियो '' महादेव निवास ५०० कोष '' । हिडेर पुग्न सम्भव थिएन । पृथ्विलोकबाट आएको मसँग असर्फि हुने कुरा पनि आएन । मनोबृक्ष गन्तब्य जाने बाटो भनेर दायाँतर्फ देखाइएको थियो । यो मनोबृक्ष गन्तव्य के रहेछ जान्न मन लाग्यो । त्यहाँ पुगेपछि थाहा भयो कसैलाइ कुनै ठाउँ जानु छ तर असर्फि छैन भने त्यँहाको बृक्षलाइ छोएर आखाँ चिम्लेर जाने ठाउँको नाम जप्यो भने त्यहि प्रकट भैने रहेछ । यसो सोचे फर्किने बेला एउटा उखेलेर काठमाडौं लैजानु पर्ला नाकाबन्दिमा झापा देखि कैलालि बस नचले नि उनिहरु सहजै घर पुग्छन ।
मनोबृक्ष मा महादेव निवास भनेर आखाँ खोल्दा म त्यो भिमकाय भवनको गेटनेरै आइपुगेको थिए । त्यँहाबाट हिमालयन पर्वतको सम्पुर्ण राज्य देखिन्थ्यो । फुलहरुले झकिझकाउ , प्रेमिल मधुर भजनमा लिप्त शहरको माथि बादलहरु आफ्नो नृत्य देखाए जस्तो लाग्थ्यो ।
मैले आए देखि नै दुइओटा कुरामा ख्याल गरे एउटा तापक्रममा , जताततै हिउँले भरिएको ठाउँ भए पनि चिसो रत्तिभर थिएन ,त्यो मौसम नै बेग्लै थियो पृथ्वि मा भोगिने भन्दा बिल्कुल फरक , सम्झिदै आनन्द आउने खालको ।
अर्को कुरा मैले कतै पनि गाँजा भाङ धतुरोको रुख देखिन , न त्यहाँ कसैले खाएको नै देखे । शिब जिको बस्ति गाँजा नै गाँजा ले भरिएको होला भनेर हामि साथिभाइ कुरा गर्थ्यौ तर यथार्थमा यहाँ धेरै फरक थियो ।
महादेव निवास ,सितल निवास जस्तो थिएन । गेट आम मानिसको लागि पनि खुल्ला थियो । नन्दि भिरङ्गिहरु आफ्नै सुरमा संगितमा नाच्दै देखिन्थे । म गेटबाट भित्र छिरे । महादेव निवासका भित्ताहरुमा कुरुक्षेत्रको लडाइँ , कृष्ण लिला , रावण बध , भष्माशुर बध लगायतका इतिहासका चित्र र मिति कोरिएका थिए । मैले महलको दायांतर्फ नजर घुमाए , एकछिन त बिश्वास नै गर्न सकिन । ति इतिहासका रावण लगायतका राक्षसहरु सबै त्यहि थिए तर साधुको रुपमा । कोहि लेख्दै थिए , कोहि गाउदै त कोहि ध्यानमा लिप्त । हिमालयन पर्वतको संरचना नै त्यसरि गरिएको रैछ कि यहाँको गेटबाट छिर्नासाथ सबै सकारत्मक बन्ने रहेछन । मैले हाम्रो तिर गराउने आर्ट अफ लिभिङ्ग सम्झिए ।
भवनको पहिलो तलामै मनोबृक्ष रुख थियो मैले यस्को उपयोगिता बुझिसकेको थिए । हाम्रो ग्रन्थमा पुष्पक विमान , घोडाको कुरा गरिएको भए पनि मनोबृक्ष को कुरा भने गरिएको पाइदैन । खासमा आजकल को लिफ्ट आउनु भन्दा धेरै पैले हाम्रो भगवानहरुको पालामा खोज भैसकेको रहेछ मनोबृक्ष । मैले मनोबृक्षलाइ समाएर महादेवको बैठक कोठा कल्पिए ।
स्वयम भगवानले नै मलाइ माथि बोलाएको हुनाले म आएको थिए र उहाँसग सानो भलाकुसारी गरेर फर्किने हतारमा थिए । एकैछिनमा म भगवानको बैठक कक्षमा प्रबेश गरे । त्यो कुनि अदालत जस्तै देखिन्थ्यो । पछाडि तिर म जस्तै साधारण मान्छेलाइ बसेर सुन्ने ठाउ अगाडि भगवानहरु बहस गर्ने ठाउ र त्यो भन्दा अगाडि धपधप बलेका यो सारा ब्रह्माण्डको पिता भगवान महादेव ।
मैले बैठक कक्ष सर्सर्ति चिहाए भगवान राम , कृष्ण , विष्णु र राजा इन्द्र लगाएतको उपस्थिति रहेछ । माता लक्ष्मि बजेटको कामले गर्दा उपस्थिति हुन नसकेको जानकारि गराएको एकछिनमा माता सरस्वति हातमा गिता लिएर उपस्थित हुनुभयो । हाम्रोमा मात्र होइन रहेछ महिलाको उपस्थिति त हिमालय पर्वतमा पनि न्युन नै हुने रहेछ मैले महशुस गरे ।
आज हिमालयन पर्वतमा विशेष बिषयमा छलफल हुदै थियो । ब्रहमा जिले आफ्नो व्यासनमा व्यास गरिसके पछि महादेवलाइ बैठक को बिषयलाइ जानकारि गराएर राय र विचारको लागि फ्लोरमा लैजान आग्रह गर्नु भयो । भगवानहरुको मा हाम्रो मा जस्तो आसण ग्रहण , मौनधारण , उद्घाटन नहुने रहेछ । हामि सिधै मुद्दामा प्रवेश गर्यौ ।
महदेवले भन्न सुरु गर्नु भयो '' सम्पुर्ण देवतागढहरुमा कोटि कोटि प्रणाम । तपाइहरुलाइ थाहा छदै छ कुनै बेला हाम्रो जमिन गांजाको लागि चिनिन्थ्यो , यहाँको भाङ धतुरो चारैलोकमा प्रशिद्द थियो । हामि त्यहि खाएर रमाउथ्यौ तर समयको कालखण्ड बित्दै जादा यहाँ गाँजाको मुल सुक्यो र हामि प्यासि बन्यौ । मलाइ सम्झना भएसम्म मैले एक करोड जुनि पहिले गाँजा र विषको सेवन गरेको थिए । अहिले त्यो दिनहरु सम्झना मा मात्र छ । म चाहान्छु हिमालयन पर्वत फेरि गाजाँको बोटले सुसज्जित बनोस । ''
यति कुरा राखेपछि महादेव पुनः ब्यसासन हुनुभयो । त्यसपछि भगवान राम बोल्न सुरु गर्नुभयो । '' हे पिता हजुर यो ब्रह्माण्ड को मालिक किन गाँजा खाने भनेर भक्तको अगाडि आलोचित बन्नुहुन्छ । आलोचना भगवानलाइ सुहाउदैन । ''
महादेव ले बिचमै सोध्नु भो '' गाँजा खादा मात्रै आलोचित भैन्छ ? श्रीमति जङ्गलमा लगेर छोड्दा मैले कसरि सम्हाल्नु परेथ्यो बिर्सियौ राम ?
अहिले पनि पृथ्विमा कृष्नलाइ देखाएर भगवानले त त्यत्रो लिला गरे हाम्ले किन नगर्ने भन्छन ,मैले सम्हालेको छैन ? परस्त्रीसँग बिष्णु सल्किए भनेर स्वस्थानि नै लेखेर पढेका छन पृथ्विलोकवासिले । अनि यो चाहि आलोचना होइन ? मैले धर्ति बचाउन बिष पिए म एडिक्टेट भए ।अब यहाँ रोप्न पाउने कि नपाउने ? यसैमा छलफल गरम ।''
अरु भगवानहरुले आफुले पनि गल्ति गरेको स्विकारे पनि हिमालयन पर्वतमा गाँजा खेति गरिन नहुने मै आफ्नो मत राखे ।
महादेवले भन्नु भयो '' मैले यो मतको अनुमान गरिसकेको थिए , त्यसैले स्वर्गको हिमालयन पर्वत मा नभए धर्तिको हिमालयन पर्वतमा गर्न पाउनु पर्छ , त्यस्को लागि एक जनाको सहमति भए पुग्नाले मैले हिमालय धर्तिवासिलाइ बोलाएको छु उसैको कुरा सुनम । ''
यो कुरामा विचार गर्न सकिने भए पछि महादेवजिले मेरो नाम बेस्सरि पुकार्नु भो ' सुदिप , सुदिप ,सुदिप ''
म झल्यास्स ब्युझिए ममिले किचनबाट सुदिप खाजा खान आइज चिच्याउनु भएको रहेछ , मोबाइल हेरेको त अगि चलिरहेको महाभारत बज्दै पो रहेछ । दिनभर मनमा कुरा खेल्यो भगवानको समेत चर्चामा रहेको गाँजाखेति नेपालमा होला ? कि नहोला ? अब महादेव भेट्न को जाला ?

Comments
Post a Comment