बिछोड पछिको मिलन
बिछोड हुदैमा मिलन हुदैन भन्ने कहा छ
समुन्द्र बाट बाफ्फिएको पानी , फेरि त्यहि आइपुग्छ
झरि बनेर
रिसाउदैमा माया नहुने हो र
माया लाग्छ र न रिस उठ्छ , नत्र पराइको कुरामा केको चासो , रिसाइदिन
टाढा हुदा याद न आउने भन्ने हुन्छ र
बसन्तमा शिषिरको याद , हेमन्तमा शरदको याद झनै बढि किन आउछ
रातभर सुर्यलाइ जुनको सम्झना आउदो हो र बिहानै उदाईन्छ , जुनलाइ घामको अत्यास लाग्दो हो र रातभर ताराहरुमा खोजिरहन्छ
मायमा मिलन हुनैपर्छ भन्ने छैन
मुना मदन बिछोडिएरै अमर भए , मायामा सतिले देह त्यागिन , प्रेममा राधाले कृष्ण त्यागिन
तिमि घन्टौ बोलिरहनुलाइ सम्बन्धको नाम दिन्छौ
मेरो बुवाले आमालाइ महिना दिनमा आउने
चिठिमा माया गर्नुभो
यादमा माया गर्नु भो
सब्दमा याद गर्नु भो
तिमि माया गर्छु र त शकाँ गर्छु भन्छौ
शंकाले लकां जलायो ,
राम सिताको बिछोड गरायो
उस्कै खुशिको लागि छोडेकि हु भनिछौ
तर मलाइ तिमि ले छोडेको दिनदेखि खुशि भएको पल थाहा छैन
प्रीय
मलाइ तिम्रो खुब याद आउछ
सायद यि सब्दहरु भन्दा अझि बढि , अझै धेरै
- सुदिप

Comments
Post a Comment