छोरो मान्छे
हो म केटा मान्छे हो
मलाइ दुखमा आसु झार्ने अधिकार छैन
, मलाइ परिपक्व भएपछि आफ्नै घरमा बस्ने पनि अधिकार छैन
,, मलाइ घर सम्हाल्नु पर्छ
म बिदेसिनु पर्छ
,, मलाइ मरिमेटि पैसा कमाउनु पर्छ ,,
मलाइ छोरा , बाबा , साथि , प्रेमि , दाजु भाइ को भुमिका उत्तिकै तर फरक फरक ठाउमा निभाउनु पर्छ ,, किनकि म छोरा मान्छे हो ।
म जन्मदा मेरो घरमा हर्षको आसु खसेको थियो
, र त्यहि दिनबाट मैले अप्रत्यक्ष रुपमा मेरो घर को जिम्मेवारि पाइसकेको थिए
,, त्यो जिम्मेवारि पुरा गर्दा गर्दै
,, पुरा गर्न खोज्दा खोज्दै
कतिबेला आफै बाच्न बिर्सिएछु
थाहै पाइन
ठिक मेरो बुवा जसरि ,,
उहा पनि त आफ्नो जिवन जिउन छोडेको बर्षौ भैसक्यो
किनकि उहा पनि त छोरा मान्छे हो ।
केटा मान्छे हुन
र
छोरा मान्छे भएको अनुभुति गर्दै अगाडि बढ्न धेरै फरक छ,,
केटा मान्छे काचो माटो जस्तो हुन्छ
तर जुन दिन उ छोरा मान्छे बन्छ
त्यो दिन उस्ले बुझ्नेछ
एक महिनामा आउने रजस्वला भन्दा कठिन मनस्थिति एक महिनामा साहु पैसा लिन आउदा हुन्छ
,, एक महिनामा तलब रोकिएर एक रात आफै भोको बसिदिदाको पल हुन्छ ।
जुन दिन केटा मान्छे छोरा मान्छेमा परिबर्तन हुनेछ
त्यो दिन उस्ले बुज्नेछ
सन्तान जन्माउनु भन्दा बढिको पिडा
त्यो सन्तान लाइ हुर्काउदा आफै बाच्न बिर्सिएको हुन्छ जसरि मेरो बाबाले बिर्सनु भयो
र लाग्छ अब म पनि छोरा मान्छे बन्दै छु ।

Comments
Post a Comment