पानी
#पानि
जब सुरुमा मैले तिम्लाई देखे
यो मन पानि भएको थियो ।
जब हाम्रो कुराकानि सुरु भयो ओठ पानि पानि भएका थिए ।
जब सम्बन्ध सुरु भयो शरिर पानि भयो
र आज तिम्रै यादमा यि आखाँहरु पानिले भरिएका छन ।
म जान्दिन ति बिज्ञानका परिभाषाहरु र
म मान्दिन
अक्सिजन र हाईड्रोजनको मिश्रणलाई पानि भनेर
किनकी मैले भोगेको छु
जब पिडा र याद एक अर्कामा मिल्छन नि
त्यतिबेला पानि बन्छ भनेर ।
जब आकाशका काला बादल ठोक्किन्छन अनि पानि पर्न थाल्छ हो ?
त्यसो भए मनभित्र रहेका सपना र कालो भबिष्य ठोकिदा परेलिको डिलबाट बर्सिने चाहिँ के हो त ?
कुनैबेला छाता ओडेकि तिमी
पानि पर्दै घाम लाग्दै गर्दा
स्यालको बिहे भनेर
छातालाई बन्द गर्दै , हावामा हात फिजाँएर
हास्दै शरिरलाई भिजाएकि थियौ ।
तिमिलाई थाहा छ सुर्य त्यतिबेला आफ्नै काखमा हुर्केका बादल छोडेर जाने भए भनेर बिछोडको पिडामा हासेको थियो ।
ठिक त्यसरि जसरि म आखाँबाट पानि खस्दा
मनलाई सान्तवना दिन मुसुक्क मुस्कुराईदिन्छु ।
अहिले पनि सायद तिमिले मेरो आखाँ र ओठको घामपानि देखेर
त्यसरि नै हात फिजाँएर रमाउथ्यौ होला है ?
यदि म जस्ता याद गर्ने मुटुहरुको पनि पानि हिसाब गर्ने हो भने
कति लिटर , कति पोखरि जोड
घटाउ गर्ने हो भने
नेपाल अहिलेसम्म जलस्रोतको
बिश्वकै धनि देश भैसक्थ्यो होला ।
यदि यो पानिबाट पनि बिजुलि निकाल्न सकिन्थ्यो भने
कालो बादल मडारिएको
याद गर्ने मुटुहरुभित्र सि एफ एल चिम चम्किरहेका हुन्थे होलान ।
देशसँगै मनको लोडसेडिङ्ग पनि अन्त्य भैसेको हुन्थ्यो होला
तर यि पानिहरु त्यसरि बेकार छन
जसरि यो पानिको इनार बनाउन छातिबाट मनसम्म खन्दै खन्दै गएका मान्छेहरु ।
तिमिले आकाशबाट बर्सिने पाना र आखाँबाट ओइरिने पानिलाई एउटै देख्छौ हो ?
तर म फरक देख्छु
आखाँको पानि , छोडेर गएकाहरु अब कहिल्यै फर्केर आउदैनन भनेर बग्छ
बिगतलाई सम्झेर बग्छ
आकाशको पानि आफु छोडेर आएको ठाउँलाई बिर्सन सक्दैन र उसैलाई भेट्नको लागि बग्छ
सायद मिठो भबिष्यको लागि बग्छ ।

Comments
Post a Comment