भ्रम



रातको अन्धकारमा

चम्किरहेका ताराहरुभित्र

एउटा सुनसान संसारमा

थकित आत्माहरुसँगै

म निदाईसके है

भन्ने एउटा भ्रम लुकेको छ 

तर म निदाएकै छैन 

अहँ अझै सुतेकै छैन

तिमि फर्केर आउँछौ कि भन्ने भ्रममा

निन्द्रालाई एकैछिनमा

निमन्त्रणा गर्ने भ्रम पारेर

म ब्युझिरहेको छु ।


निन्द्रादेबिलाई परिहार गरेर

परिसुताको साथमा

म कोहि मुकुल परिको अगाँलोमा धेरै परसम्म पसारिएको

भ्रमपुर्ण जिबन बाचिरहेको छु ।


टहक चेहरा

टल्किएको शरिर

नरम त्वचा

सब भ्रम छन ।

सबै भ्रम फुलाङ्गो छन

फुस्सिएका छन ।


मधुर स्वरमा लठ्ठिनु

ललिते बोलिमा फसिनु

मनले आफ्नै सोच्नु

मष्तिश्कले आफ्नै बनाईदिनु

बनावटि स्वप्नहरु यथार्थ देखिनु

असम्भब कुरा दोहोरिनु

सब भ्रम छन

बास्तबमा यिनिहरु मन र मुटुको दोसामिसीमा पिसिएका छन


ठिक त्यसरि जसरि

नेतागणबाट जनताहरु

जनता भोटहत्याको शिकार भएका छन ,

नृपासनको आडमा जनहत्या गरेका नेतागण

र तिम्रो अभाबमा मनहत्या गर्ने ति भ्रम 

कस्तो ठ्याक्कै मिल्छ

सबै हुन्छ जस्तो ,

भैहाले जस्तो ,

तर अन्त्यमा केबल भ्रम  ।


यो भ्रम परिणत छ

परिमुक्त छ

आजकल यसैको भरोषा गर्दा गर्दै 

परिपुष्ट बनेको छ 

र त यो भ्रम पनि सत्य लाग्छ

रसिलो लाग्छ ।


                                  :-O

Comments

Popular posts from this blog

समय

कथा : रति ( भाग १)

सपना