Posts

Showing posts from July, 2021

भ्रम

Image
रातको अन्धकारमा चम्किरहेका ताराहरुभित्र एउटा सुनसान संसारमा थकित आत्माहरुसँगै म निदाईसके है भन्ने एउटा भ्रम लुकेको छ  तर म निदाएकै छैन  अहँ अझै सुतेकै छैन तिमि फर्केर आउँछौ कि भन्ने भ्रममा निन्द्रालाई एकैछिनमा निमन्त्रणा गर्ने भ्रम पारेर म ब्युझिरहेको छु । निन्द्रादेबिलाई परिहार गरेर परिसुताको साथमा म कोहि मुकुल परिको अगाँलोमा धेरै परसम्म पसारिएको भ्रमपुर्ण जिबन बाचिरहेको छु । टहक चेहरा टल्किएको शरिर नरम त्वचा सब भ्रम छन । सबै भ्रम फुलाङ्गो छन फुस्सिएका छन । मधुर स्वरमा लठ्ठिनु ललिते बोलिमा फसिनु मनले आफ्नै सोच्नु मष्तिश्कले आफ्नै बनाईदिनु बनावटि स्वप्नहरु यथार्थ देखिनु असम्भब कुरा दोहोरिनु सब भ्रम छन बास्तबमा यिनिहरु मन र मुटुको दोसामिसीमा पिसिएका छन ठिक त्यसरि जसरि नेतागणबाट जनताहरु जनता भोटहत्याको शिकार भएका छन , नृपासनको आडमा जनहत्या गरेका नेतागण र तिम्रो अभाबमा मनहत्या गर्ने ति भ्रम  कस्तो ठ्याक्कै मिल्छ सबै हुन्छ जस्तो , भैहाले जस्तो , तर अन्त्यमा केबल भ्रम  । यो भ्रम परिणत छ परिमुक्त छ आजकल यसैको भरोषा गर्दा गर्दै  परिपुष्ट बनेको छ  र त यो भ्रम पनि स...

सपना

Image
 #सपना हिजो म निदाउनै सकिन सपना देख्नै पाइन किन थाहा छ ? भबिष्यको सपना देखेर  सानोमा कति सजिलै आमाको काखमा निदाउथे म कति मज्जाले सपनाभित्र हराउथे म आजकल सपनाहरुभित्र हराउन पनि सपना देख्नुपर्छ । जनताको देश बनेको सपना आमाको छोरासँगै बसेर खाना खादै गरेको सपना बेरोजगारको रोजगारिको सपना गरिबको धनि बनेको सपना दुःखिको सुखि भएको सपना यि सपना सपनामै सिमित छन मैले यस्तै सपना सोच्दा सोच्दै हिजो सपना देख्नै बिर्सेछु । अस्ति मेरो सपनामा एउटा छोरो बिदेसमा मारियो यता आमाको गला सुक्यो आफै मर्ने बेलामा अन्तिम पटक  मुहार हेर्ने इच्छा पुरा नहुदै सकियो अलि अस्तिको सपनामा त्यहि छोरो देशमा रोजगार नपाएर बिदेशमा पैसाको रुख हुन्छ त्यहि टिप्छु भनेर सपना देखेर गएको थियो  मलाई सपना देख्न पनि डर लाग्छ कुन सपनामा भुकम्प पिडितको पालमा पानि चुहिन्छ  कुन सपनामा निमुखाको सम्पन्न बन्ने इच्छा तुहिन्छ कुन सपनामा मेरा परेलिका डिलबाट भएको बर्षाले सिरानि भिज्छ  कुन सपना आफ्नो बन्छ , कुन बिरानि बन्छ । म छुट्टाउन सक्दिन  छुट्टाउन खोजे भने पनि हरेक पटक गलत हुन्छु ठिक त्यसरि नै  जसरि हिजो त...

पानी

Image
 #पानि जब सुरुमा मैले तिम्लाई देखे यो मन पानि भएको थियो । जब हाम्रो कुराकानि सुरु भयो ओठ पानि पानि भएका थिए । जब सम्बन्ध सुरु भयो शरिर पानि भयो र आज तिम्रै यादमा यि आखाँहरु पानिले भरिएका छन । म जान्दिन ति बिज्ञानका परिभाषाहरु र म मान्दिन अक्सिजन र हाईड्रोजनको मिश्रणलाई पानि भनेर किनकी मैले भोगेको छु जब पिडा र याद एक अर्कामा मिल्छन नि त्यतिबेला पानि बन्छ भनेर । जब आकाशका काला बादल ठोक्किन्छन अनि पानि पर्न थाल्छ हो ? त्यसो भए मनभित्र रहेका सपना र कालो भबिष्य ठोकिदा परेलिको डिलबाट बर्सिने चाहिँ के हो त ? कुनैबेला छाता ओडेकि तिमी पानि पर्दै घाम लाग्दै गर्दा स्यालको बिहे भनेर छातालाई बन्द गर्दै , हावामा हात फिजाँएर  हास्दै शरिरलाई भिजाएकि थियौ । तिमिलाई थाहा छ सुर्य त्यतिबेला आफ्नै काखमा हुर्केका बादल छोडेर जाने भए भनेर बिछोडको पिडामा हासेको थियो  । ठिक त्यसरि जसरि म आखाँबाट पानि खस्दा  मनलाई सान्तवना दिन मुसुक्क मुस्कुराईदिन्छु । अहिले पनि सायद तिमिले मेरो आखाँ र ओठको घामपानि देखेर त्यसरि नै हात फिजाँएर रमाउथ्यौ होला है ? यदि म जस्ता याद गर्ने मुटुहरुको पनि पानि हिसाब गर...

छोरो मान्छे

Image
  हो म केटा मान्छे हो  मलाइ दुखमा आसु झार्ने अधिकार छैन  , मलाइ परिपक्व भएपछि आफ्नै घरमा बस्ने पनि अधिकार छैन  ,, मलाइ घर सम्हाल्नु पर्छ  म बिदेसिनु पर्छ  ,, मलाइ मरिमेटि पैसा कमाउनु पर्छ ,,  मलाइ छोरा , बाबा , साथि , प्रेमि , दाजु भाइ को भुमिका उत्तिकै तर फरक फरक ठाउमा निभाउनु पर्छ ,, किनकि म छोरा मान्छे हो ।  म जन्मदा मेरो घरमा हर्षको आसु खसेको थियो  , र त्यहि दिनबाट मैले अप्रत्यक्ष रुपमा मेरो घर को जिम्मेवारि पाइसकेको थिए  ,, त्यो जिम्मेवारि पुरा गर्दा गर्दै  ,, पुरा गर्न खोज्दा खोज्दै  कतिबेला आफै बाच्न बिर्सिएछु  थाहै पाइन  ठिक मेरो बुवा जसरि ,,  उहा पनि त आफ्नो जिवन जिउन छोडेको बर्षौ भैसक्यो  किनकि उहा पनि त छोरा मान्छे हो ।  केटा मान्छे हुन  र  छोरा मान्छे भएको अनुभुति गर्दै अगाडि बढ्न धेरै फरक छ,,  केटा मान्छे काचो माटो जस्तो हुन्छ  तर जुन दिन उ छोरा मान्छे बन्छ  त्यो दिन उस्ले बुझ्नेछ  एक महिनामा आउने रजस्वला भन्दा कठिन मनस्थिति एक महिनामा साहु पैसा लिन आउदा हुन्छ...