कथा : रति ( भाग १)
अमर चोकमा बिहानैदेखि हल्ला खल्ला थियो । चोकमै रहेको सालिक नेर मान्छेहरुको भिड बढिरहेको । भिडबाट कसैले 'बिचरा' गर्दै हिडिरहेका थिए । " त्यस्तो सद्दे मान्छेले यो के गरेको होला ?" मान्छे आश्चर्य मान्दै थिए । " हेर साहु भएर पनि यस्तो दिन आउदो रहेछ ।" कोही सम्पत्तिप्रती कटाक्ष गरिरहेका थिए । भिड झनै बढ्दै गयो । एकैछिनमा साइरन बजाउदै प्रहरीको भ्यान आईपुग्यो । भिड निकै बढेको थियो । सारा पसलेहरु पसल बन्द राखेर त्यही आईपुगेका थिए , बाटोमा हिड्ने बटुवादेखी , साधनमा हिडेकाहरु चोक वरपर रमिते बनेर बसेका थिए ।प्रहरीले भिडलाई पन्छाउदै बाटो बनायो । डोरी टागेर निषेधित क्षेत्र तयार पार्न तर्फ लाग्यो । जाडोको महिना सुरु हुन लागेको थियो । एकाबिहानै हुस्सु बढिरहेको । मान्छेहरु निकै उत्सुक भएर एकै ठाउँमा नियाल्दै थिए जहाँ ठुलो साइनिङ्ग बोर्ड टाँगिएको थियो "अमर मार्ट " तीन तल्लाको घरको माथिल्लो तल्लामा डम्बर साहु आज बिहान झुन्डिएको अवस्थामा फेला परेका थिए । *** अमर चोक बजारको मुटु हो । पहाडबाट सामान किन्न झर्ने मान्छेहरुको पहिलो रोजाईको बजार । अमर चोकमा नुनदेखी...